इच्छकामना

व्यवसायिक कफी प्रवद्र्धनका लागि इच्छाकामनामा एक दिने गोष्ठी

Banner

चितवन, भदौं २८-

चितवनको इच्छाकामना गाउँपालिकामा व्यवसायिक कफी खेतीसम्बन्धी शुक्रबार एक दिने गोष्ठी भएको छ ।

नेपाल सरकार, राष्ट्रिय चिया तथा कफी विकास बोर्डको संयुक्त आयोजनामा सो गोष्ठी भएको हो । इच्छा कामना गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङ, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, पोखराका प्रमुखचन्द्र पुरी ७ वटै वडाका अध्यक्ष तथा प्रतिनिधिहरु, गाउँ कार्यपालिका सदस्यहरु, कृषक शाखाका प्रमुख तथा अन्य कर्मचारीहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु तथा व्यवसायिक कफी खेतीमा आवद्ध करिब ३५ जना कृषकको उपस्थितिमा सो कार्यक्रम भएको थियो ।

धान, गहँु, मकैको तुलनामा करिब ४÷५गुणा बढी आम्दानी लिन सकिने तथा राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा नेपाली अराबिका कफीको माग अति उच्च रहेकोले दिर्घकालिनरुपमा कफी जति उत्पादन गरे पनि बजारको समस्या नरहेको बोर्ड पोखराका प्रमुख चन्द्र पुरीले बताए ।

अहिले नेपालमा ४३ जिल्लामा कफी खेती विस्तार भएको र जसबाट वार्षिक कफी उत्पादन ५१३ मेट्रिक टन ग्रीन बिन रहेको र माग भने आठ हजार मेट्रिक टन रहेको जानकारी दिए । बोर्डबाट हालसालै मात्र समग्र चितवन जिल्ला र इच्छा कामना गाउँपालिकामा गरिएको सम्भाव्यता अध्ययनबाट चितवन जिल्लाका विभिन्न पालिकामा गरी ८००÷१६०० मिटरको उचाइमा करिब तीन हजार ४८१ हेक्टरमा कफी खेती गर्न सकिने र जसमध्ये इच्छाकामना गाउँपालिकामा मात्रै करिब दुई ५२२ हेक्टरमा व्यवसायिक कफी खेती विस्तार गर्न सकिने देखाएको छ ।

समग्र कफीको सम्भावना, अवसर, चुनौती र प्राविधिक विषयलाई समेटेर बोर्ड, पोखराका प्रमुख चन्द्र पुरीले प्रस्तुत गरेका थिए ।  सो अवसरमा गाउँपालिका अध्यक्ष गुरुङले परम्परागत बालीलाई छोडेर कृषकलाई व्यवसायिक कफी खेती तर्फ लाग्न आग्रह गर्दै त्यसका निमित्त गाउँपालिकाले बोर्डसँग समन्वय गर्दै व्यवसायिक योजनामार्फत् कृषकलाई जस्तसुकै सहयोग गर्न पनि आफू तयार रहेको कुरा बताए ।  सो अवसरमा समग्र वडाको प्रतिनिधिको तर्फबाट वडा नम्बर ३ का अध्यक्ष गोवद्र्धन अधिकारीले कृषकले अब बजारको अवसरलाई जोडेर कफी खेती जस्ता नगदे बालीहरुको व्यवसायिक उत्पादनमा लाग्न सकेमा मात्रै समृद्धि हासिल गर्न सकिने कुरा बताए ।  उपस्थित कृषकबाट कफीको करिब ५ वर्षे योजना निर्माण सम्बन्धमा उठेका समस्याहरुको चन्द्र पुरीले सहजीकरण गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>