चितवन विशेष

चितवनमा पशु कल्याणका पक्षमा बृहत र्‍याली तथा नाटक प्रदर्शन (फोटोफिचर)

Banner

चितवन भदौ २६-

देशका बिभिन्न ठाउँमा पशु व्यवस्थापनको नाममा भइरहेका अमानविय र क्रुर पशु हत्याको विरुद्ध र पशु कल्याणको पक्षमा चितवनमा  बृहत र्र्‍याली तथा सचेतनामुलक फ्ल्यास मोब र नाटक प्रदर्शनीको आयोजना गरिएको छ ।

आज(बिहीबार) बेटर चितवन , नेपाल भेटेरीनेरी विद्यार्थी एसोसिएसन रामपुर क्याम्पस र नेपाल भेटेरीनेरी विद्यार्थी एसोसिएसन एनपिआई कलेजको संयुक्त आयोजनमा सो कार्यक्रम गरिएको हो ।

भरतपुरको चौबिसकोठीबाट र्र्‍याली सुरु गरि लाईन्सचोक, शहिदचोक, पुल्चोक हुँदै नारायणी किनारमा पुगेर फ्ल्यास मव सँगै सचेतना मुलक नाटक प्रस्तुत गरिएको कार्यक्रमकि संयोजक भिमा थापा मगरले बताइन।
कार्यक्रममा सयौँ विद्यार्थी तथा सामाजिक अभियन्ताहरुले पशु व्यवस्थापनको कानुन यथा शीघ्र कार्यान्वयन , पशुको निर्मम हत्या तत्काल रोक्नुपर्ने, पशु हत्या गर्ने जो कोहीलाई पनि कारबाहीको घेरामा ल्याउनुपर्ने, पशु ढुवानी मापदण्ड र पशुकल्याण निर्देशिका कार्यान्वयन गर्नुपर्ने लगायतका माग सहितका पम्प्लेट पर्दशनी गर्दै  नारा लगाएका थिए ।

मान्छेलाई जस्तै पशुलाई पनि माया गर्नुपर्छ भन्ने भावना जागृत होस भन्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक भिमा थापा मगरले बताइन।

कार्यक्रमको औपचारिक खण्डमा एन.भि.एस.ए रामपुर का अध्यक्ष बिसाल पाठक र एन.भि.एस.ए.एनपिआई का प्रतिनिधी क्रिस भुर्तेपशु कल्याणका विषयमा आफ्नो विचार राखेका थिए ।

फोटो : सागर कार्की

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>