चितवन विशेष

माडी नगरपालिका शिक्षा शाखा प्रमुखविहीन

Banner

चितवन, भदौं २६-

माडी नगरपालिका शिक्षा शाखा प्रमुख विहीन भएको छ ।

गत वैशाखमा करिब चार महिनादेखि माडी नगरपालिकामा शिक्षा शाखा प्रमुख विहीन रहेको माडी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेंलले बताए । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा पटक पटक ताकेता गर्दा समेत कुनै सुनुवाइ नभएको कँडेंलले गुनासो पोखे । मन्त्रालयमा पुगेर कर्मचारी माग गर्दा समेत मन्त्रालयले खासै चासो नदेखाएकोे उनले बताए । माडी नगरपालिकामा शिक्षा शाखा प्रमुख विहीन हँुदा विद्यालयको शैक्षिक क्रियाकलाप, अनुगमन, पृष्ठपोषण प्रक्रियामा समेत समस्या भएको जनजीवन माध्यमिक विद्यालयका प्रधानाध्यापक शोभाकर गौतमको भनाइ छ । शिक्षा शाखामा हाल एक जना कार्यरत रहेका छन् । माडी नगरपालिकाले शिक्षामा गुणस्तरियता प्रदानका लागि लगानी गरिरहँदा शिक्षा शाखा प्रमुख विहीन हँुदा योजना अनुसार कार्य गर्न कठिनाई पर्ने जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>