खैरहनी

राष्ट्रिय शिक्षा पदकका लागि चितवनकी आचार्य छनौट (को को परे छनोटमा नामावलीसहित )

Banner

कारी महतो

चितवन, भदौं २४-

४० औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट दिइने शिक्षा पदकका लागि चितवनकी अन्जना आचार्य छनौंट भएकी छन् ।

मन्त्रालयले चितवनको खैरहनी नगरपालिकामा रहेको कंकाली माध्यमिक विद्यालयका प्रधानाध्यापक अन्जना आचार्यलाई छनौट गरेको हो । विसं २०५२ सालदेखि हालसम्म कंकाली माध्यमिक विद्यालयमा निरन्तर अध्यापनरत शिक्षक आचार्य २०७२ सालदेखि त्यसै विद्यालयमा प्रधानाध्यापकको कार्यभार सम्हालेकी थिइन् ।

राष्ट्रिय पुरस्कारका लागि विद्यालयका प्रधानाध्यापक छनौट भएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज शर्मा ढुंगानाले खुसी व्यक्त गरेका छन् । २३ वर्षसम्म विद्यालयमा अध्यापन कार्य गरी शैक्षिक, भौतिक, आर्थिक उन्नति र विकासमा अन्जना मेडमले पु¥याउनु भएको योगदानको सही मूल्याङ्कन भएको अध्यक्ष ढुंगानाले बताए । ‘वहाँ एक कर्तव्यनिष्ठ र इमान्दार शिक्षक एवम् कुशल प्रशासक हुनुहुन्छ । नेपाल सरकारले एकदम सही व्यक्तिलाई पुरस्कारको लागि छनौट गरेकोले निकै खुसी लागेको छ’ व्यवस्थापन समिति अध्यक्ष ढुंगानाले बताए ।

गत भाद्र २२ गते ४० औं राष्ट्रिय शिक्षा दिवसको अवसरमा खैरहनी नगरपालिकाले कंकाली माविका अर्की शिक्षक राधा पोखरेललाई पनि उत्कृष्ट विषय शिक्षकको रुपमा पुरस्कृत गरेको हुँदा दुवै शिक्षकलाई अध्यक्ष ढुंगानाले बधाई ज्ञापन गरेका छन् ।

Final_Prize_list_Teacher_076_teacher_._

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>