खैरहनी

खैरहनी नगरपालिकाका तीन कर्मचारी सम्मानित

Banner

चितवन, भदौं २२-

कर्मचारी सेवा दिवसको अवसरमा आज खैरहनी नगरपालिकाले तीन कर्मचारीलाई सम्मान गरेको छ ।

अधिकृत तह, सहायक र कार्यालय सहयोगीहरु तीन जनालाई एक कार्यक्रमका बीच उत्कृष्ठ कर्मचारीको रुपमा सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा स्वास्थ्य शाखा प्रमुख माया पाण्डे, खैरहनी ५ का वडा सचिव धिरेन्द्र चौधरी र खैरहनी १२ वडाका कार्यालय सहयोगी टेकबहादुर भण्डारीलाई सम्मान गरिएको थियो । उनीहरुलाई खैरहनी नगरपालिकाका मेयर लालमणि चौधरी, उपमेयर सुनिता थपलियाले दोसल्ला ओढाइ प्रसंशापत्रले सम्मानित गरेका थिए । नगरपालिका वा वडा कार्यालयमा कम्तीमा दुई वर्षदेखि कार्यरत रहेको, काममा लगनशिलता, कार्यालयमा उपस्थिति, सम्बन्धित कर्मचारी प्रतिको सेवाग्राहीको गुनासो, उजुरी, कर्मचारी आचारसंहिताको पालना, सम्बन्धित कर्मचारीको नाममा बेरुजु भए नभएको बुँदाहरुलाई आधार मानेर कर्मचारीलाई सम्मान गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले जानकारी दिए ।

उत्कृष्ठ कर्मचारी छनौटका लागि उपमेयर सुनिता थपलियाको संयोजकत्वमा समिति गठन गरिएको थियो । कर्मचारी सम्मान कार्यक्रममा खैरहनीका मेयर लालमणि चौधरीले कर्मचारी समान रहने भन्दै निजामति शव्द हटाएर कर्मचारी सेवा दिवस मनाउन सुरु गरिएको बताए । नगरमा काम गर्ने सबै कर्मचारीलाई नगरपालिकाले समान व्यवहार गर्ने भन्दै करार सेवामा कार्यरत कर्मचारीले हिनताबोध गर्न नहुने औल्याए ।

मेयर चौधरीले कर्मचारीकै कारण नगर समृद्धको आधार तय हुने भएकाले सेवाग्राहीलाई सरल, सहजरुपमा सेवा दिन, काम प्रति इमानदारिता देखाउन, निस्वार्थ भावले काम गर्न आग्रह गरे । कर्मचारी छनौट समिति संयोजक समेत रहेकी खैरहनी नगरपालिका उपमेयर सुनिता थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा खैरहनी २ का वडाध्यक्ष टिकादत्त इटनी, खैरहनी–६ का वडाध्यक्ष रामशरण पाण्डे, नगरपालिकाका लेखा अधिकृत केशव हुमागाई, स्वास्थ्य शाखा सहसंयोजक रुद्र शर्मालगायतले मन्तव्य राखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>