चितवन विशेष
माडीमा डेँगुको निःशुल्क परीक्षण सुरु, एक जनामा डेँगु भेटियो

प्रेम पौडेल उज्ज्वल
चितवन, भदौं २१
चितवनको माडी नगरपालिकामा पहिलोपटक डेँगुको बिरामी भेटिएको छ ।
बघौंडा अस्पतालमा ज्वरोको उपचार गर्न आएका एकजना पुरुषमा डेँगु पोजेटिभ भेटिएको अस्पतालका मेडिकल अफिसर डा शशी टण्डनले जानकारी दिए । भरतपुरमा रहँदा कुखुराको खोरभित्र काम गरेका उनमा डेँगु पहिचान भएको अस्पतालले जनाएको छ ।
तर, उनको रगतमा प्लेटलेट्सको मात्रा राम्रो रहेकाले अस्पतालमा भर्ना नगरी घरमै आराम गर्न पठाइएको अस्पतालका मेडिकल अफिसर डा. टण्डनले जनाए । यसैबीच बघौडा अस्पतालले डेँगु रोगको निःशुल्क परीक्षण सुरु गरेको छ । डेँगु परीक्षणका लागि ८०० खर्च लाग्ने भए पनि माडी नगरपालिका जनस्वास्थ्य शाखाको सहयोगमा अस्पतालले निःशुल्क डेँगु परीक्षण आरम्भ गरेको हो । डेँगु संक्रमणबाट जोगिन दिउँसो टोक्ने लामखुट्टेबाट बच्न र घरवरिपरी पानी जमेका खाल्डाखुल्डी नराख्न, झ्याम्म भएका झाडी नराख्न र फोहर नगर्न तथा इन्सेक्टिसाइड छरेर डेँगुको संक्रमणबाट जोगिन अस्पतालले अनुरोध गरेको छ ।























