चितवन विशेष
चितवनको माडीमा कार पल्टिँदा दुई घाइते
०

प्रिति पोख्रेल
चितवन, भदौं १८-
चितवनको माडी नगरपालिका–४ को सिधुवामा कार दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
माडीको बरुवाबाट बसन्तपुर जाँदै गरेको बा २० च ४३० नम्बरको कार सिधुवामा अनियन्त्रित भइ दुर्घटना हुँदा दुई जना घाइते भएको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ । कार पल्टिँदा चालक नवराज अधिकारीसँगै कारमा सवार माडी नगरपालिका–४ का प्रदिप महतो घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहको छ । तीव्र गतिका कारण अनियन्त्रित भइ कार बाटो तल पल्टिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















