खैरहनी

खैरहनीमा भएको तीज गीत प्रतियोगितामा उषाकिरण पहिलो

Banner

चितवन, भदौ १६-

हरितालिका तीजको अवसरमा चितवनको खैरहनी नगरपालिकाले आज गरेको हिंसा नियन्त्रण विषयक तीज गीत प्रतियोगितामा कठार स्थित उषाकिरण महिला बचत तथा ऋण सहकारी पहिलो भएको छ ।

नगरभित्रका १० महिला सहकारीहरुको संयुक्त आयोजनामा भएको प्रतियोगितामा इन्द्रेणी महिला बचत तथा ऋण सहकारी संस्था दोस्रो, हंशेश्वर टोल विकास संस्था तेस्रो भएका थिए । त्यसैगरी लगनशील आमा समूह र पटिहानी टोल सुधार समितिले सान्त्वना स्थान हासिल गरेको निर्णायक केएन सिलवालले जानकारी दिए । पहिलो, दोस्रो, तेस्रो र सान्त्वना भएका समूहले क्रमशः नगद १५ हजार, १० हजार, ५ हजार र ३÷३ हजार पुरस्कार प्राप्त गरे । खैरहनी नगरपालिकाका मेयर लालमणि चौधरीको प्रमुख आतिथ्यतामा भएको प्रतियोगिताको विजेता टिमलाई उपमेयर सुनिता थपलियालगायतले पुरस्कार प्रदान गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>