खैरहनी

खैरहनीको कंकाली माविमा बालबालिकालाई विद्यालयमै पौष्टिक खाजा

Banner

कारी महतो

चितवन, भदौं ११

चितवनको खैरहनी नगरपालिका–१ मा रहेको कंकाली माध्यमिक विद्यालयले बालकक्षाका ११७ विद्यार्थीलाई विद्यालयमै पौष्टिक खाजा खुवाउन थालेको छ ।

खाजा खुवाउन थालेपछि साना बालबालिका निकै खुसीसाथ नियमितरुपमा विद्यालय आउने गरेका विद्यालयका प्रधानाध्यापक अञ्जना आचार्यले बताइन् । यसअघि विद्यार्थीले चाउचाउ, बिस्कुट, चटपट जस्ता जंकफुड खाने गर्दथे भने विपन्न विद्यार्थीले खाजा नखाई भोकभोकै चार बजेसम्म पढ्नु पर्दथ्यो । विद्यालयको अनुरोधमा वडा कार्यालयले विद्यालय वरपरका पसलमा जंकफुड बिक्री वितरण रोक लगाएको थियो । तर, त्यो अभियान असफल भएपछि वडाले सानासाना विद्यार्थीका लागि पौष्टिक खाजाको लागि बजेटको व्यवस्था मिलाएको छ ।

‘जंकफुडले विद्यार्थीको मानसिक र शारीरिक विकासमा प्रतिकूल असर पर्ने कुरालाई ध्यानमा राखी खाजा खुवाउनका लागि वार्षिक दुई लाख रुपैयाँ वडाले विनियोजन गरेका हौं’ वडाअध्यक्ष भूमिप्रसाद कँडेलले बताए । खाजा व्यवस्थापनका लागि विद्यालय व्यवस्थापन समितिका सदस्य गीता आचार्यको संयोजकत्वमा एक खाजा व्यवस्थापन समिति गठन गरिएको छ । खाजा पकाउन र वितरण गर्नका लागि दैनिक दुई जनाका दरले हरेक दिन अभिभावकहरु विद्यालयमा आउने गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>