चितवन विशेष

चितवनमा बम बिस्फोट,एक घाइते

Banner

चितवन भदौ ९ –

चितवनको राप्ती नगरपालिका वडा नम्बर ६ मा पर्ने पम्फा खोलामा बम बिस्पोट भएको छ । दिउसो १ बजे तिर भएको बम बिस्पोटमा परि १ जना घाईते भएका छन् । स्थानीय राजन सिल्वालले शंकास्पद बस्तु देखेपछि के रहेछ भनेर हेर्ने क्रममा बम बिस्पोट भएको जिल्ला प्रहरी कार्यलय चितवनका प्रबक्ता एकनारायण कोइरालाले जानकारी दिनुभयो ।

कोईरालाका अनुसार चितवनमा आज बिप्लब समुहले बन्दको घोषणा गरेको छ । बन्दको पूर्वसन्ध्यामा राखिएको बम बिस्पोटन भएको हुन सक्ने प्रहरीको अनुमान छ । घाईते सिल्वालको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनको हात र छातिमा चोट लागेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>