चितवन विशेष
चितवनमा मोटरसाइकल र स्कुटर ठोक्किदा एकको मृत्यु
०

चितवन भदौ ९-
चितवनमा आइतबार राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
पुल्चोकबाट शिवघाटतर्फ जाँदै गरेको ना ५५ प ३५६८ नम्बरको स्कुटरले सोही दिशातर्फ जाँदै गरेको ना ६० प ४४३७ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा घाइते मोटरसाइकल चालक भरतपुर महानगरपालिका–२३ का ४० वर्षीय सूर्यबन्दु खनाल क्षेत्रीको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुटर र स्कुटर चालकलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























