चितवन विशेष

गण्डकी बैंकले बाड्यो विद्यार्थीलाई स्टेशनरी र झोला

Banner

चितवन, भदौं ४–

गण्डकी विकास बैंक लिमिटेडले पोखरा महानगरपालिका वडा नं. २५, याम्दीस्थित श्री बाल कल्यायण आधारभुत विद्यालयका विद्यार्थीहरुलाई स्टेशनरी सामग्री वितरण गरेको छ ।

सो विद्यालयमा कक्षा १ देखि ५ सम्मका करिब एक ५० जना साना बालबालिकाहरुलाई स्टेशनरी सामग्री वितरण गरिएको हो । संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्र्दै बैंकले विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।

कार्यक्रममा बैंकका सञ्चालक बासुदेव त्रिपाठी, प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा, पोखरा महानगरपालिका वडा नं.२५ का वडा सदस्य जितबहादुर कार्की, दलबहादुर कुँवर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानध्यापकलगायतले संयुक्त रुपमा बालबालिकाहरुलाई झोला र स्टेशनरी सामग्री वितरण गरेका हुन् ।

बैंकका सञ्चालक बासुदेव त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्ने सिलसिलामा समाजका विविधि क्षेत्रमा गरेको योगदानका बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रमको सञ्चालन बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तारानाथ लम्सालले गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>