इच्छकामना
मनकामना केवुलकारको भाडा ५ प्रतिशत बढ्यो
०

चितवन,भदौं ३-
मनकामना मन्दिर जाने केवुलकारको भाडा बढेको छ । मनकामना दर्शन प्रालिले भदौ १ गतेदेखि लागू हुने गरी ५ प्रतिशत भाडा बढाएको हो । यसअघि चितवनको कुरिनटारदेखि मनकामना मन्दिरसम्मको केवलकारको दुईतर्फी भाडा ६ सय ४० रुपैयाँ रहेकोमा बढाएर ६ सय ७५ रुपैयाँ पुर्याइएको छ ।
एकतर्फी यात्राको भाडा भने १० रुपैयाँ वृद्धि गरेर ३ सय ९५ रुपैयाँ पुर्याइएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले भाडा बढाउने निर्णय गरेको मनकामना दर्शन प्रालिका नायव महाप्रबन्धक डिल्लीनारायण कायस्थले बताए ।
स्थानीय तहलाई तिर्नुपर्ने कर बढेकाले भाडा बढाइएको उनको भनाइ छ । केवलकारको तल्लो स्टेशन चितवनको इच्छाकामना गाउँपालिकामा र माथिल्लो स्टेशन गोरखाको शहीद लखन थापा गाउँपालिकामा छ । कम्पनीले दुबै स्थानीय तहलाई प्रति टिकट एक प्रतिशत कर तिर्नुपर्ने भएकाले मूल्य बढाएको बताएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>