चितवन विशेष
मौलाकाली सहकारीको अध्यक्षमा रविन्द्र
०

चितवन, भदौं १–
मौलाकाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा रविन्द्र कुमार श्रेष्ठ चयन भएका छन् ।
आइतबार भएको आठौं वार्षिक साधारणसभा तथा अधिवेशनले श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा लिलानाथ भुषाल, सचिवमा पदम श्रेष्ठ, कोषाध्यक्षमा कपिल श्रेष्ठ चयन भएका छन् । यस्तै समितिको सदस्यहरुमा रामबाबु पुडासैनी, सुवास श्रेष्ठ र गुरुदत्त पौडेल रहेका छन् ।
कार्यक्रममा मञ्जुश्री संरक्षण केन्द्रकी मञ्जु खाँण, सहकारीका पूर्व अध्यक्ष छविलाल विके, बिन्दाबासिनी टोल सुधार समितिका वरिष्ठ सल्लाहकार लोकबहादुर रानाभाटलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम सहकारीका अध्यक्ष सुलोचना श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>