चितवन विशेष
रवि लामिछाने सहित तीनै जनाबिरुद्ध पुडासैनी परिवारले दियो किटानी जाहेरी
०

चितवन,भदौं १-
पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा छानबिनका लागि पक्राउ परेका संचारकर्मी रवि लामिछाने विरुद्ध पीडित परिवारले किटानी जाहेरी दिएको छ । पुडासैनीको परिवारले महानगरीय प्रहरी परिसर काठमाडौं मार्फत लामिछाने सहित पक्राउ परेका युवराज कँडेल र नर्स अस्मिता कार्की बिरुद्ध किटानी जाहेरी दिएको हो । मृतककी श्रीमती सम्झना घिमिरे पुडासैनीले आफै उपस्थित भएर उजुरी दिएकी हुन् ।
शनिबार १३ दिनको काजक्रिया सकेर आइतबार उजुरी दिएको परिवार स्रोतले जनाएको छ । किटानी जाहेरीमा उनले आफ्ना श्रीमानलाई लामिछाने, कँडेल र कार्कीले हत्याको बाटो रोज्न बाध्य पारेकाले उनीहरुमाथि मुलुकी अपराध संहिताको दुरुत्साहनअन्तर्गत कारवाही गर्न माग गरेकी छिन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>