चितवन विशेष

संसदमा उठ्यो आवाजः ‘रवि लामिछानेको समर्थनमा गरिएका प्रदर्शन अराजक र गैरकानुनी’

Banner

चितवन, भदौं १–

पत्रकार शालिकराम पुडासैनीको रहस्मय मृत्यु प्रकरण र सोही घटनाको अनुसन्धानको क्रममा पक्राउ परेका चर्चित पत्रकार रवि लामिछानेको विषयमा संघीय संसदमा आवाज उठेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन पछि संसदको शून्य समयमा बोल्दै सांसद महेश्वरजंग गहतराज घटनाको निस्पक्ष छानविन गर्न माग गरेका छन् । उनले अनुसन्धानका लागि पक्राउ परेका रवि लामिछानेको समर्थनमा भइरहेको प्रदर्शनलाई अराजक, गैरकानुनी र अस्वभाविक हुलहुज्जतको संज्ञा दिए । उनले भने–‘यही घटनालाई लिएर ‘के निउ पाउँ, कनिका बुकाउँ’ भन्ने उखानलाई चरितार्थ गर्दै अराजक र गैरकानुनी गतिविधि भइरहेका छन्, त्यसको निन्दा र भत्र्सना गर्दछु ।’

प्रहरीले अनुसन्धान गर्ने र अदालतले दोषी प्रमाणित गर्ने संवैधानिक र कानुनी प्रक्रिया रहे पनि त्यसलाई ठाडो उल्लंघन गर्दै भइरहेका गतिविधि, क्रिया प्रतिक्रिया, देशको शान्ति सुरक्षा र सुशानकाविरुद्ध रहेको बताए । सांसद गहतराजले ‘मेरो मान्छे वा मन परेको मान्छे सुन पानीले नुहाएको चोखो हुन्छ, अपराधि हुँदैन’ भन्ने मनोविज्ञानले हाम्रो समाजलाई कता तिर लैजादै छ भन्ने आज गम्भिर चिन्ता र चासोको विषय बनेको बताए ।

यस्तै शून्य समयमा बोल्दै सांसद यज्ञराज सुनुवारले मृतक पत्रकार पुडासैनी र अनुसन्धानका लागि नियन्त्रणमा रहेका पत्रकार रवि लामिछानेको समर्थमा छुट्टाछुट्टै प्रदर्शन भइरहेको भन्दै यस घटना बारे सत्यतथ्य छानविन गरी जानकारी गराउन सरकारसंग माग गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>