चितवन विशेष
रोटरी–दियालो डे–केयर सेन्टरमा स्वास्थ्य शिविर

चितवन,साउन ३२-
रोटरी क्लब भरतपुर तथा दियालो परिवारको संयुक्त आयोजनामा स्वास्थ्य शिविर गरिएको छ । भरतपुर १ नारायणी पथमा रहेको रोटरी दियालो बालबालिका घरमा स्वास्थ्य शिविर गरिएको हो । ल्याण्डसीड इन्टरनेशनल हस्पिटल ताइवान र ल्याण्डसीड हेल्थ केयर जुगेडीको सहयोगमा भएको स्वास्थ्य शिविरमा एक सय भन्दा बढिको स्वास्थ्य परिक्षण गरिएको थियो ।
रोटरी क्लब अफ भरतपुरका अध्यक्ष इन्जिनियर सुरेश वहादुर सेनको अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर १ का वडा सदस्य गंगा पोखरेल,दियालो परिवारका कार्यवहाक अध्यक्ष रसिक प्रधान,नारी उत्थान केन्द्रकी अध्यक्ष तुलसी श्रेष्ठ लगाएतले बोल्नुभएको थियो । सो अवसरमा रोटरी क्लब अफ भरतपुका पूर्व अध्यक्षहरु सहित रोटरियनहरु,रोट्रयाक्टरहरु,डे केयरका शिक्षक कर्मचारीहरु,ल्याण्डसीड हेल्थ केयर जुगेडीका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु लगाएत १ सय ५० जनाको सहभागिता रहेको थियो ।