चितवन विशेष

चितवन बन्द अफवाह मात्रै,रविका समर्थक भन्छन्ः हामीले बन्द आब्हान गरेका छैनौं

Banner

चितवन,साउन ३१-

रवि लामिछानेका समर्थकका नामबाट आब्हान गरिएको चितवन बन्द अफबाह मात्रै भएको समर्थकहरुले बताएका छन् । शुक्रवार भएको प्रर्दशनका क्रममा केही समर्थकहरुले आज (शनिवार) चितवन बन्दको आब्हान गरेको बताएका थिए । तर विहानदेखि चितवनमा बन्दको प्रभाव परेको छैन् । चितवनको जनजिवन सामान्य अवस्थामा नै छ ।

रवि लामिछानेका समर्थ चितवनका अभियान्ता अर्जुन भुषालले बन्दको बिरोध गर्दे फेसबुक लाइभ गरेका छन् । उनले भने,हामी बन्द विरोधी हौं । रवि लामिछानेको समर्थनमा बन्द होइन शान्तिपूर्ण आन्दोलन गर्छाै । बन्द कहाँबाट भनिएको छ,मैले पनि थाहा पाएको छैन्,बन्दको आब्हान गर्दै कस्ले पर्चा बाँढ्यो । उनले रवि लामिछानेको समर्थनका नाममा घुसपेट भएको हुनसक्ने बताए । उनले भीडमा पैसा उठाउने काम पनि गलत भएको बताएका छन् । उनले सरकारको र मन्त्रीको विरोध गरेर समस्या समाधान नहुने तर्क गरेका छन् ।

यसअघि शुक्रबार रबि लामिछानेका समर्थक र प्रहरी विच झडप भएको थियो । त्यस क्रममा पाँचजना प्रहरी घाइते भएका छन् । चितवन अदालतले पाँच दिन म्याद थप गरेर अनुसन्धानका लागि अनुमती दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>