चितवन विशेष
मध्यरातमा रवि लामिछाने सहित तीन जनालाई चितवन ल्याइयो,भरतपुर अस्पतालमा मेडिकल टेष्ट

चितवन,साउन ३१-
प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने ,युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरी चितवन ल्याएको छ । कडा सुरक्षाका विच उनिहरुलाई मध्यरात बजे १ बजे चितवन ल्याइएको हो । तीनै जनाको भरतपुर अस्पतालमा मेडिकल टेष्ट गरिएको छ ।उनिहरुलाई जिल्ला प्रहरी कार्यालयको कष्टडीमा राखिएको छ ।
लामिछाने र कँडेललाई न्युज २४ को कार्यालयबाट र कार्कीलाई काठमाडौंको तिलिङ्गेबाट गरिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार साँझ उनिहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यसैविच प्रहरीले नियन्त्रणमा लिँदै गर्दा पत्रकार लामिछानेले घटनाको विषयमा छानविन गर्दा प्रहरीलाई सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । आजै प्रसारण हुने कार्यक्रम सीधाकुरा जनतासँग प्रसारण हुनु एक घण्टा २५ मिनेट अघि प्रस्तोता लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको हुँदा पौने नौ बजेको सो कार्यक्रम अवरुद्ध भएको छ । पुडासैनी साउन २१ गते चितवनको एक होटलमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।न्यूज २४ टेलिभिजनले आफ्नो समाचारमा रवि लामिछानेलाई पक्राउ गर्दै गरेको भिडियो समेत सार्वजनिक गरेको छ ।