चितवन विशेष

शालिकराम आत्महत्या प्रकरणः नर्स अस्मिता कार्की पक्राउ परेको हामीलाई थाहा छैनः चितवन प्रहरी

Banner

चितवन,साउन ३०-

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा नाम जोडिएकी नर्स ओखलढुंगाकी अस्मिता कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको समाचार सार्वजनिक भएपनि चितवन प्रहरीले भने यसबारे कुनै जानकारी नभएको प्रतिकृया दिएको छ । नारायणी अनलाइनसंग कुरा गर्दै चितवनका प्रहरी प्रवक्ता डिएसपी एक नारायण कोइरालाले अहिलेसम्म कसैलाई पक्राउ गरेको जानकारी आफुहरुलाई थाहा नभएको बताए ।

आत्महत्या अघि पत्रकार पुडासैनीले कार्की, पत्रकार रवि लामिछाने र युवराज कडेंलका कारण आफुले आत्महत्याको बाटो रोजेको भिडियो हिजो सार्वजनिक भएको थियो । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको कोइरालाले बताए । स्रोतका अनुसार चितवनबाट गएको प्रहरी टोली भर्खर मात्र काठमाडौं पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>