चितवन विशेष

चितवनमा ‘स्कोलास्टिक मिट ’ भोलिदेखी

Banner

चितवन साउन ३०

स्कोलास्टिक फाउन्डेसनको आयोजनामा चितवनमा ‘स्कोलास्टिक मिट-२०१९ ’ हुने भएको छ । नेपालमै पहिलोपटक आयोजना हुन लागेको सो कार्यक्रममा विभिन्न १३ विधाको प्रतियोगिताहरु राखिएको छ ।
साउन ३१ (भोलि)देखी सुरु हुन लागेकोे प्रतियोगितामा कक्षा ७ देखी १२ सम्मका विधार्थीहरुले भाग लिन पाउने स्कोलास्टिक फाउन्डेसनका संस्थापक प्रज्जवल भट्टराईले बुधवार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
१३ विधाका प्रयिोगितामा बेलायती सांसदीय प्रणालीको बहसको कार्यशाला प्रस्तुत गरिनेछ । यस्को साथै विधार्थिहरुबीच वक्तृत्वकला , निबन्ध लेखन , गाउखाने प्रयिोगिता , चित्रकला ,हिज्जे ,हाजिरीजवाफ लगाएतका विविध प्रतियोगिता आयोजना गरिएको संस्थाका सदस्य सस्कृत पौडेलले बताए ।
विधार्थीहरुको सिर्जनसीलता ,वक्तृत्व कला लगायतको क्षमता अभिवृद्धि गर्न साथै नेतृत्व विकासमा प्रतियोगिताले सघाउ पुयाउने संस्थापक  भट्टराईले बताए ।
साउन  ३१ देखी भदौ १ गतेसम्म हुने कार्यक्रम रत्ननगरको न्यु क्यापिटल कलेजमा हुने जानकारी दिइएको छ । स्कोलास्टिक फाउन्डेसन २०५५ सालमा स्थपना भएको एउटा स्वतन्त्र विधार्थि संगठन हो । यस्ले विधार्थीहरुको सिर्जनसीलता ,वक्तृत्व कला लगायतको क्षमता अभिवृद्धि गर्ने कार्यक्रमहरु गर्दै आइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>