चितवन विशेष

पत्रकार पुडासैनीको आत्महत्याः आरोप प्रमाणित भए पाँच वर्षसम्म कैद हुने

Banner

चितवन,साउन ३०

पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भनिएको भिडियो सार्वजनिक भएको छ । भिडियोमा पुडासैनीले आफ्ना दुईजना पूर्वसहकर्मी र एक युवती आफ्ना हत्यारा भएको गम्भीर आरोप लगाएका छन् ।

नुवाकोटका स्थायी बासिन्दा पत्रकार पुडासैनी साउन २१ गते मंगलबार चितवनको नारायणगढस्थित पोखरा बसपार्कको एक होटलमा झुन्डिएको अवस्थामा फेला परेका थिए । उनको साथबाट फेला परेका मोबाइलमा उनले भिडियो सन्देश छोडेको चर्चाका बीच उनले रुँदै परिवारसँग माफी मागेको भिडियो सार्वजनिक भएको हो ।

समाचार पोर्टल नेपाल आजले सार्वजनिक गरेको उक्त भिडियोमा पुडासैनीले न्युज २४ को कार्यक्रम ’सिधा कुरा जनतासँग’ का प्रस्तोता रवि लामिछाने, उक्त टेलभिजनमै कार्यरत पत्रकार युवराज कँडेल र अस्मिता कार्की नामकी एक युवतीका कारण आफू आत्महत्या गर्ने अवस्थामा पुगेको दाबी गरेका छन् ।

चितवनका प्रहरी प्रमुख उपरीक्षक दानबहादुर मल्ल घटनाको अनुसन्धान जारी रहेको बताएका छन्। मृतकको साथबाट बरामद मोबाइलसहितका सामग्रीको डिजिटल फरेन्सिक ल्याबको रिपोर्ट बिहीबार आएपछि प्रहरी अघि बढ्ने उनले बताए । अहिलेसम्म किटानी जाहेरी नपरेको उनले जानकारी दिए । ’प्रहरी आफैंले किटानी जाहेरी गर्न सक्छ । ल्याबको रिपोर्ट बिहीबार आउँछ । त्यसपछि हामी अघि बढ्छौँ ।’

मल्लले मृतकको मोबाइलमा रहेको भिडियो सार्वजनिक कसरी भयो आफूलाई थाहा नभएको प्रतिक्रिया दिए ।यस्तै पत्रकार रवि लामिछानेले आफूमाथि लगाएका आरोप सुन्दा शालिकरामलाई ठूलो भ्रम परेको प्रतिक्रिया दिएका छन् । ’आरोप लगाउने मरेर गएपनि आरोप खेप्ने म जिउदै छु । मर्नेले लगाएको एउटा मात्रै आरोप प्रमाणित होस, र हदै सम्मको सजाय होस् । थप जानकारी केही समयमा गराउने छु ।

मुलुकी अपराध संहिता २०७४ को दफा १८५ मा आत्महत्याका लागि दुरुत्साहन दिई आत्महत्या गराउने व्यक्तिलाई पाँच वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>