खैरहनी

खैरहनी नगरपालिकामा स्तनपान कक्ष निर्माण

Banner

चितवन, साउन २२-

चितवनको खैरहनी नगरपालिकाले कार्यालयभित्र स्तनपान कक्षको व्यवस्था गरेको छ ।

स्तनपान सप्ताहको अवसर पारेर नगरपालिकाले सो कक्षको निर्माण गरेको हो । नगरपालिकामा सेवा लिन आउने सेवाग्राही र नगरपालिकाकै कर्मचारीको सहजताका लागि स्तनपान कक्षको व्यवस्था गरिएको नगरपालिकाका मेयर लालमणि चौधरीले बताए । चितवनका पालिका मध्ये खैरहनीले जिल्लामै पहिलो पटक स्तनपान कक्षको व्यवस्था गरेको हो ।

सरकारी कार्यालयमध्ये जिल्ला प्रशासन कार्यालयले यसअघि यस्तो कक्षको व्यवस्था गरिसकेको छ । स्तनपान सप्ताहको अवसरमा खैरहनी नगरपालिकाले स्तनपानका सम्बन्धमा सेवाग्राहीलाई सूचना प्रवाह गर्ने, प्रत्येक स्वास्थ्य संस्थालाई स्तनपानको महत्व, आवश्यकता, फाइदाबारे जानकारी गराउन लगाइएको खैरहनी नगरपालिका स्वास्थ्य शाखा सहसंयोजक रुद्र शर्माले जानकारी दिए ।

बुधबार खैरहनी–१३ गवैमा स्तनपान सप्ताहको समापन गरिएको छ । खैरहनी नगरपालिका उपमेयर सुनिता थपलियाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वास्थ्य शाखा संयोजक माया पाण्डेले स्तनपानको महत्व, आवश्यकता, फाइदाका बारे गर्भवती, सुत्केरी महिलाहरुलाई जानकारी गराएकी थिइन् । समयमै स्तनपान नगराउँदा जन्मेका शिशुहरु पुड्कोपन, दुव्लोपन, कम तौलको हुने संयोजक पाण्डेले बताइन् । नेपालमा सन् २०१६ को तथ्यांक अनुसार ६६ प्रतिशतले मात्रै ६ महिना सम्म स्तनपान गराउने गरेको उनको भनाइ छ । स्तनपान सप्ताहको समापन खैरहनी–१३ का वडाध्यक्ष बालकुमार उप्रेतीको अध्यक्षतामा भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>