खैरहनी

खैरहनी नगरपालिकाले युवा दिवस मनाउने

Banner

चितवन, साउन २१-

खैरहनी नगरपालिकाले अन्तर्राष्ट्रिय युवा दिवस विविध कार्यक्रम गरी मनाउने भएको छ ।

यही साउन २७ गते अन्तर्राष्ट्रिय युवा दिवस परेको छ । दिवसको पूर्वसन्ध्यामा नगरपालिकाले मंगलबार नगर भित्रका युवासँग छलफल गरेको हो ।

छलफलले दिवसको अवसरमा प्रभातफेरि, रक्तदान, अनाथ आश्रमहरुमा भोजन गराउने कार्यक्रम गर्ने निर्णय गरेको खैरहनी नगरपालिकाका स्थानीय शिक्षा अधिकारी महेन्द्र पौडेलले जानकारी दिए । दिवसका अवसर पारेर साउन २६ गते मानव सेवा आश्रममा भोजन गराउने, भरतपुर स्थित साहारा नेपाललाई खाद्यान्न सहयोग गर्ने, खैरहनी स्थित आधारतभूत विद्यालय बस्यौलीको विषेश कक्षाका विद्यार्थीलाई लत्ताकपडा वितरण गर्ने कार्यक्रम तय भएको पौडेलले बताए ।

रक्तदान कार्यक्रम भने नेपाल रेडक्रस सोसाइटीसँग छलफल पछि मिति तय हुनेछ । युवा दिवस मनाउने नगरपालिकाका सामाजिक विकास समिति संयोजक मनेजर महतोको संयोजकत्वमा मूल समारोह समिति समेत बनाइएको स्थानीय शिक्षा अधिकारी पौडेलले बताए । छलफलमा नगरपालिकाले चालु आर्थिक वर्षमा सञ्चालन गर्ने युवा विकास कार्यक्रमहरुको बारे नगर शिक्षा अधिकारी पौडेलले जानकारी गराएका थिए ।

छलफलमा खैरहनी ७ का वडाध्यक्ष मेनजर चौधरी, खैरहनी १२ का वडाध्यक्ष टिकाराम तिमल्सिनालगायत नगर भित्र रहेका विभिन्न युवा क्लब, जेसीजलगायतका प्रतिनिधिको सहभागिता रहेको थियो । यो वर्ष खैरहनीले नगर युवा क्लब गठन गर्ने, युवासँग मेयर कार्यक्रम, उद्यमी महिलासँग उपमेयर कार्यक्रम, युवाका लागि मागका आधारमा सीप विकास कार्यक्रम, उद्यमी युवा प्रतिभा सम्मान तथा प्रोत्साहन, युवा परामर्श, क्षमता विकास तथा परिचालनलगायतका कार्यक्रम समावेश गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>