चितवन विशेष

चितवनमा नगदसहित पाँच जुवाडे पक्राउ

Banner

चितवन साउन २१-

चितवनमा नगदसहिद पाँच जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कालिका नगरपालिका–८ स्थित पूर्णबहादुर लामाको घरबाट तास खेलिरहेको अवस्थामा रु १६ हजार ८२५ नगद र एक बुक ताससहित उनीहरुलाई पक्राउ गरिएको हो ।

पूर्णबहादुर लामाको घरमा तास खेलिरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सोमबार दिउँसो उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रनाउ कोइरालाले जानकारी दिए ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>