चितवन विशेष
देवघाटबाट बगेका युवालाई सशस्त्रले गर्यो सकुशल उद्धार
०

चितवन,साउन २०-
देवघाटमा बोलबमको जल लिन नदीभित्र पसेका बेला बगेका एक युवकको सोमबार सशस्त्र प्रहरीको गोताखोर टोलीले सकुशल उद्धार गरेको छ । भरतपुर महानगरपालिका–१३ श्रीपुर फुलबारी गाउँका २५ वर्षीय रमेश परियार देवघाटमा नुहाउने क्रममा नदीमा बगेका थिए ।
बग्दै झण्डै सय मिटर तल पुगेका उनलाई सशस्त्र प्रहरीका गोताखोर ओम सलामी मगरले उद्धार गरेका हुन् । सशस्त्र प्रहरीको चितवन कुरिनटारमा रहेको विपद् व्यवस्थपन तालिम शिक्षालयका सशस्त्र प्रहरी नायब निरीक्षक (सई) खिलबहादुर विकको नेतृत्वमा देवघाटमा उद्धार टोली खटिएको थियो । घटना मध्यान्ह पौने १२ बजेतिर भएको थियो । बोलबमका लागि जल लिन आउने भक्तहरुको देवघाटमा निकै भीडभाड लाग्ने गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>