चितवन विशेष

प्रदेश तीन सरकारले दियो कृषि विश्वविद्यालय चितवनलाई भेटेरिनरी एम्बुलेन्स

Banner

हेटौंडा,साउन १९-

३ नम्वर प्रदेश सरकारले चार वटा भेटेरिनरी एम्बुलेन्स वितरण गरेको छ । भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयले प्रदेशका चार जिल्लामा एम्बुलेन्स प्रदान गरेको हो ।विरामी पुशको उपचारमा सहजता ल्याउने उदेश्यका साथ एम्बुलेन्स वितरण गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले यस आर्थिक वर्षमा सञ्चालन गर्नेगरि कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रे,ललितपुर र मकवानपुरलाई एम्बुलेन्स हस्तान्तरण गरिएको मन्त्रालयका प्रवक्ता निर्मल गदालले जानकारी दिए । यस्तै मन्त्रालयले माटो परिक्षणका लागि मोबाइल सोयल टेस्टिङ भ्यानबाट सेवा दिन सुरु गरेको छ ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आज एक कार्यक्रमका विच सम्बन्धित केन्द्रलाई चाबी, बिलबुक हस्तान्तरण गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>