चितवन विशेष
चितवनका २९ सामुदायिक विद्यालय समायोजन,माडी नगरपालिकामा धेरै
०

चितवन,साउन १९-
जिल्लाका २९ सामुदायिक विद्यालय छिमेकी विद्यालयमा गाभिएका छन् । जिल्ला शिक्षा समन्वय एकाइका अनुसार जिल्लाका सात स्थानीय तहले विद्यालय समायोजन गरेका हुन् । एकाइ प्रमुख भूमिलाल सुवेदीका अनुसार माडी नगरपालिकामा १२, इच्छाकामना गाउँपालिकामा सात, राप्ती नगरपालिकामा पाँच, कालिका नगरपालिकामा दुई तथा भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका र खैरहनी नगरपालिएकामा एक/एक विद्यालय गाभिएका हुन् ।
शैक्षिक नियमावली अनुसार कक्षा १ देखि ३ सम्ममा ५० विद्यार्थी आवश्यक हुन्छ । त्यसभन्दा माथिका कक्षामा प्रतिशिक्षक ४० विद्यार्थी नभएका विद्यालयको घटुवा गर्ने तथा समायोजन गर्ने गरिन्छ ।रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>