चितवन विशेष
नारायणगढ-मुग्लिन सडकखण्डमा दुर्घटना, एकको मृत्यु,एक घाइते
०

चितवन,साउन १८-
चितवनमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नारायणगढ–मुग्लिनसडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका २९ सेतीदोभानमा रौतहटबाट काठमाडौतर्फ जाँदै गरेको ना ८ ख २२८४ नम्वरको ट्रक र मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको लु ४२ प ६५४२ नम्वरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते मोटरसाइकल पछाडी सवार नवलपरासी रामग्राम ३ का मिदेश नेपालको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । मोटरसाइकल चालक सोही ठाँउका २७ बर्षिय निदेश नेपाल घाइते भएका छन् । उनको भरतपुर अस्पतालमै उपचार भइरहेको छ । ट्रक र ट्रकका चालकलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>