कालिका
कालिका नगरपालिकाको वडा कार्यालयमा आगजनी, कागजपत्र जलेर नष्ट
०

चितवन,साउन १७-
चितवनको कालिका नगरपालिका वडा नम्बर ३ को कार्यालयमा आगजनी गरिएको छ । वडा कार्यालयमा आज विहान ३ बजे अज्ञात समुहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
आगजनीबाट कार्यालय भित्र रहेको कागजात, टेबुल, कुर्सी, कम्प्युटर, प्रिन्टर लगायतका महत्वपूर्ण सामाग्री जलेर नष्ट भएको छ । कार्यालयको झ्याल फोडेर पेट्रोल छर्केर आगजनी गरेको वडाध्यक्ष टिकाराम रिजालले जानकारी दिए । प्रहरी र स्थानियको सहयोगमा साढे ३ बजे आगो नियन्त्रणमा ल्याइएको थियो ।
आगजनी कसले गरेको भन्नेबारे केहि नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>