खैरहनी

खैरहनीको पर्सामा एकतर्फी पार्किङ

Banner

चितवन, साउन १६-

चितवनको खैरहनी नगरपालिका पर्सा चौबिसकोठीदेखि पुरानो पर्सासम्मको सडकमा एकतर्फी पार्किङ गरिएको छ ।

खैरहनी नगरपालिका, उद्योग वाणिज्य संघ खैरहनी र इलाका प्रहरी कार्यालय खैरहनीबीच सहकार्य गरी बिहीबारदेखि यस्तो नियम लागू गरिएको हो । साघँुरो अवस्थामा रहेको पर्सा चौबिसकोठीदेखि पुरानो पर्सासम्म बाटोमा जथाभावी पार्किङ गर्दा बाटो अस्तव्यस्त भएको थियो । सवारी साधनको अब्यवस्थित पार्किङका कारण समस्या बढ्दै गएपछि व्यवस्थित गर्न वान साइड (एकतर्फी) पार्किङ लागू गरिएको उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष चन्द्रप्रसाद सापकोटाले जानकारी दिए ।

यो नियम १५ दिनका लागि परीक्षण गरिने र त्यसपछि जरिवानाको प्रक्रिया अगाडि बढाइने छ । अव्यवस्थित सवारी पार्किङले ब्यस्त बजारमा दुर्घटना निम्त्याउने र व्यवसायीलाई समेत असहज भइरहेको अवस्थामा यो नियमले सहजता ल्याउने खैरहनीकी उपमेयर सुनिता थपलियाले बताइन् । बिहीबारदेखिनै चौबिसकोठीदेखि पुरानो पर्सा सडकखण्डमा ठूला तथा हेभी सवारीलाई प्रवेशमा रोक लगाइएको उद्योग वाणिज्य संघ खैरहनीका महासचिव कुमार खनालले बताए ।

बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म हेभी सवारी प्रवेशमा रोक लगाइएको खनालले जानकारी दिए । वान साइड पार्किङ र हेभी सवारीको निगरानी गर्ने जिम्मेवारी स्थानीय ट्राफिक प्रहरीलाई दिइएको छ । अब ठूला सवारीसाधनलाई चैनपुर चोकदेखि उत्तरतर्फ नगरपालिका चोकको बाटोहँुदै सञ्चालन गर्नुपर्ने हुन्छ । एकतर्फी पार्किङ उद्घाटन कार्यक्रममा उद्योग वाणिज्य संघ खैरहनीका निवर्तमान अध्यक्षसमेत रहेका नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ३ का गुणराज श्रेष्ठसहित संघका पदाधिकारी तथा सदस्यहरु, इलाका प्रहरी कार्यालयका प्रतिनिधिलगायत व्यवसायीको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>