चितवन विशेष
चितवनमा पत्रकार महिलाहरुका लागि वातावरणीय तथा वन्यजन्तु अपराध विषयक तालिम

ज्ञानु पंगेनी
चितवन , असार १५-
पत्रकार महिलाहरुका लागि वातावरणीय तथा वन्यजन्तु अपराध विषयक एक दिने तालिम बुधवार चितवनमा भएको छ ।
वातावरण र वन्यजन्तु अपराधको विषय निकै महत्वपूर्ण विषय भए पनि यस विषयमा महिला पत्रकारहरुले निक्कै कम कलम चलाउने र यी विषयमा महिलाका विषयवस्तु समेत खासै बाहिर नआउने गरेकाले तालिम पश्चात उक्त बिटमा कलम चलाउनका महिला पत्रकाहरुलाई सहजीकरण गर्न सहज होस भन्ने उदेश्यले तालिमको आयोजना गरिएको संचारिका समूहकी केन्द्रिय अध्यक्ष नितु पण्डितले बताईन ।
चितवन र नवलपरासी जिल्ला राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र अन्तरगत पर्ने हुदा यहाका गतिविधीहरुमा पनि वातावरण र वन्यजन्तुको विविध विषयमा कलम चालउन सकेमा अन्तराष्ट्रिय क्षेत्रकै ध्यान केन्द्रित हुने भएकाले यो विषय निकै महत्वपूर्ण विषय रहेको अध्यक्ष पण्डितले बताईन । कार्यक्रममा सहजीकरण गर्दै पण्डितले निकुञ्ज मध्यवर्ती आसपास बसोवास गर्ने महिलाहरुको विषय उठान गर्न पुरुष भन्दा महिला पत्रकाहरुले महत्वपूर्ण भुमिका निर्वाह गर्न सक्ने भएकाले देशभरका १० स्थानमा यो तालिम संचालन गरेको उनले जानकारी दिईन । चितवन संग ६ स्थानमा तालिम सम्पन्न भएको र बाकी चार स्थानमा क्रमशः तालिक गरिने उनले बताईन ।
तालिममा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेद कुमार ढकालले चितवन राष्ट्रिय निकुञ्जको वारेमा जानकारी सहित वन्यजन्तु चोरी शिकारी नियन्त्रणमा गरिएको पहलको बारेमा प्रस्तुती गरेका थिए । उनले वन्यजन्तुको कारणले गत वर्षमा ११ जनाले
ज्यान गुमाएको जानकारी दिए । जसमा जंगली हात्तीको आक्रमणबाट ६ जना, बाघको आक्रमणबाट २ जना, गैडाले २ जना, मगर गोहीले १ जनाको ज्यान लिएको बताए ।
यस्तै वन्यजन्तुको आक्रमणबाटे ४५ जना घाईते , १२ वटा घरगोठ क्षति, पशुधन ८० वटा, बालीनाली एक सय र अन्न क्षति ७ वटा, गरी मानव मृत्यु समेतको गरि २ सय ५५ वटा घटना दर्ता भएको जानकारी दिए ।
यस्तै २२ वटै मध्यवर्ती उपभोक्ता समितिहरुमा राहात कोषको व्यवस्था गरी तत्काल आकस्मिक राहातको रकम दिई सोधभर्ना गर्ने गरिएको र एनटीएनसी बीसीसी मा समेत राहतको अक्षय कोष स्थापना गरिएको बताए ।
यस्तै कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका पूर्व महानिर्देशक श्याम बजिमयले वन्यजन्तु अपराध सम्बन्धि कानुनि प्रकृयाका बारेमा जानकारी गराएका थिए भने नेचर खबर डट कमका संम्पादक पिताम्बर सिग्देललेले वातावरणका के कस्ता विषयमा कलम चलाउन सकिन्छ त रु भन्ने बारेमा विषयवस्तुमाथी प्रकाश पारेका थिए ।
हरियो वनको सहयोगमा नेचर मिडिया नेटवर्क र संचारिका समूहको आयोजनामा भएको तालिममा नवलपुर र चितवनका ३५ जना महिला पत्रकारहरुको सहभागिता रहेको थियो ।