चितवन विशेष

त्रिशुलीमा कन्टेनर खस्यो, एकको मृत्यु ,एक घाइते

Banner

चितवन,साउन १५-

त्रिशुली नदिमा कन्टेनर खस्दा एक जनाको मृत्यु भएको छ । नारायणगढ मुग्लिङ सडक खण्ड अन्तर्गत चितवनको इच्छाकामना गाँउपालिका ६ जलविरेबाट आज दिउँसो ना ७ ख ३९३९ नम्बरको कन्टेनर त्रिशुली नदिमा खस्दा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कन्टेनर चालक पर्सा जिल्ला बिरगन्ज बस्ने बर्ष ३६ को कम्लेश साह रहेका छन् ।

भरतपुरबाट मुग्लिङ तर्फ जादै गरेको बा २१ च ११३३ नम्बरको कारलाई बिपरित दिशाबाट आईरहेको ना ७ ख ३९३९ नम्बरको कन्टेनरले ठक्कर दिँदा उक्त कन्टेनर अनियन्त्रित भई सडकबाट करिव ८० मिटर तल त्रिशुली नदीमा खसेको थियो । दुर्घटनामा परि कन्टेनरको सहचालक पर्सा जिल्ला बिरगन्ज बस्ने बर्ष २० को अजय साह गम्भिर घाईते भएका छन् । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो । कारमा सवार सबै सकुशल रहेको र चालक ईलाका प्रहरी कार्यालय मुग्लिनको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>