इच्छकामना

इच्छाकामना गाँउपालिकाको वडा नम्वर २ कार्यालयमा तोडफोड

Banner

चितवन,साउन १५-

चितवनको इच्छाकामना गाँउपालिका वडा न २ को कार्यलयमा अज्ञात समुहले तोडफोड गरेका छन्। वल्याङमा रहेको सो वडा कार्यालयमा गएराति तोडफोड भएको गाँउपालिका अध्यक्ष गिता कुमारी गुरुङले बताइन्। गुरुङका अनुसार कार्यालयको कुर्सी लगायतका सामाग्रीहरु बाहिर निकालेर फालीएको, कार्यलयका महत्वपुर्ण कागजातहरु च्यातेर छरीएको अवस्थामा रहेको छ। घट्नास्थलमा विप्लव नेकपाको पर्चा फेला परेको छ। घटनास्थल ईलाका प्रहरी कार्यलय मुग्लीनबाट २, ३ घन्टाको दुरीमा पर्छ ।

विहान खवर पाएपछि इप्रका मुग्लिनबाट प्रहरीको टोली घट्नास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। टोली पुगेपछि थप विवरण आउने प्रहरी प्रवाक्ता प्रहरी नायव उपरिक्षक एक नारायण कोईरालाले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>