चितवन विशेष
माडीमा एक बालकको शव फेला
०

सुवास लामिछाने
चितवन, साउन १२-
चितवनको माडीमा एक बालक मृत अवस्थामा भेटिएका छन् । माडी नगरपालिका–५ सोमेश्वर सामुदायिक वनको क्रिया खोलामा १३ वर्षीया बालकको शव फेला परेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ ।
शनिबार साझँदेखि घरमा नभएका माडी नगरपालिका–५ राधापुरका सुदिप दराई आज बिहान मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय माडीका प्रहरी नायव निरीक्षक उमेश कोइरालाले जानकारी दिए । दराईको शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको कोइरालाले जानकारी दिए ।
दराई भिरबाट लडेको हुन सक्ने प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>