इच्छकामना
चितवनको फिस्लिङमा बस र ट्रक ठोक्कियो, एकको मृत्यु, पाँच घाइते

चितवन, साउन १२–
पृथ्वी राजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका–४ फिस्लिङमा ट्रकमा बस ठोक्किदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
आज (आइतबार) विहान ४ः४५ बजेको समयमा कांकडभिट्टाबाट काठमाण्डौ तर्फ जांदै गरेको ना ५ ख ४८१९ नम्बरको बस गौरबाट काठमाण्डौ तर्फ भैंसी लोड गरेर जाँदै गरेको ना ७ ख २५६१ नम्बरको ट्रकको पछाडी ठोक्किदा सो दुर्घटना भएको हो । दुर्घटनामा बसमा सवार झापाको मेची–२ बस्ने २३ वर्षीय भानु तिमिल्सिनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।
दुर्घटनामा घाईतेहुनेहरुमा झापा बाहुनडांडा बस्ने वर्ष २४ का कमल कंडेल, झापा बृतामोड–६ बस्ने वर्ष ३२ का धनबहादुर चौधरी, झापा बृतामोड–६ बस्ने वर्ष २८ का सुरेश चौधरी, डोटी साईल गाउँपालिका–४ बस्ने वर्ष २५ का मदनराज जोशी र तनहुं ब्यास गाउँपालिका–८ बस्ने वर्ष २५ को सुनिल मिश्र रहेका छन् । मध्यम अवस्था रहेका घाइतेहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।