खैरहनी

कुमरोज बनमा एकहप्ते वृक्षरोपण अभियान

Banner

चितवन, साउन ११–

खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरीले भावी सन्ततीका लागि प्राकृतिक श्रोत संरक्षण गर्नुपर्ने बताएका छन् । कुमरोज बनमा शनिबारदेखी सुरु भएको एक हप्ते वृक्षरोपण अभियानको उद्घाटन गर्दै नगर प्रमुख चौधरीले प्राकृतिक श्रोत संरक्षणमा जोड दिनुपर्ने बताए ।

बनको उपभोगका कारण मानव र वन्यजन्तुलाई असर गर्ने भन्दै उनले भावी सन्ततीका लागि वातावरण संरक्षण आवश्यक रहेकोमा जोड दिए । खैरहनीले चैनपुरको कंकाली वन क्षेत्रमा मौरीका लागि ५ हजार चिउरीको बिरुवा समेत रोप्न लागेको प्रमुख चौधरीले बताए ।

बनका अध्यक्ष गणेश कुमार श्रेष्ठका अनुसार बनको ९ वटा ब्लकमा रहेको खाली जमिनमा वृक्षरोपण गरिनेछ । कुमरोज बन खैरहनी नगरपालिका वडा नम्वर १२ र १३ मा पर्छ । बकैना, सिसौ, खयर, अमला जातका विरुवा रोपिने बनका उपाध्यक्ष सानुकाजी कुँवरले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>