चितवन विशेष

घरजग्गा कारोबारः चितवन र आसपासका जिल्लामा खस्कियो

Banner

चितवन,साउन ११-

चितवन र यस आसपास घरजग्गाको कारोबार घटेको देखिएको छ । चितवन र यस आसपासका जिल्लाहरु बारा, पर्सा, मकवानपुर र रौतहटमा घरजग्गा रजिष्ट्रेशनको संख्या १६.२९ प्रतिशतले बढेको छ । २८ हजार ९३६ वटा मात्र घरजग्गाको रजिष्ट्रेशन भएको छ । नक्सा पास गरेर घर तथा भवन बनाउने संख्या पनि ६.९० प्रतिशतले घटेको छ । सो क्षेत्रमा गतवर्षको ६ महिनाको अवधीमा २ हजार २६६ वटा नक्सा पास भएको छ । घरजग्गा रजिष्ट्रेशनबाट उठ्ने शुल्क २.५२ प्रतिशतले घटेर ७ करोड ६७ लाख रुपैयाँको उठेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७५/७६ को ६ महिनाको आर्थिक गतिविधिको अध्ययनले काठमाडौंमा भने घरजग्गा घरजग्गा कारोबारको संख्या र सोको राजस्वमा सामान्य वृद्धि भएको देखाएको छ । घरजग्गा रजिष्ट्रेशन संख्या १.१ प्रतिशत तथा रजिष्ट्रेशन वापतको राजस्व ३.६ प्रतिशतले वृद्धि भएको छ ।

तर,मुख्य रुपमा कारोबार हुने काठमाडौं क्षेत्रमा घरजग्गाको कारोबार घटेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार काठमाडौं क्षेत्रमा गतवर्षको ६ महिनामा ४९ हजार ३२३ वटा घरजग्गाको रजिष्ट्रेशन भएको छ । अघिल्लो वर्षको सोही अवधीको तुलनामा रजिष्ट्रेशनमा २० प्रतिशतले कमी आएको हो । यस्तै घरजग्गाको नक्सा पास गर्नेको संख्या समेत सामान्य रुपमा घटेको छ । ६ महिनामा काठमाडौं क्षेत्रमा १२ हजार ५९९ वटा घर भवन बनाउनको लागि नक्सा पास भएको छ ।

घरजग्गाको रजिष्ट्रेशनबाट उठ्ने शुल्क समेत ४.१२ प्रतिशतले घटेको छ । गतवर्ष ६ महिनाको अवधीमा ३९ करोड ६४ लाख रुपैयाँ रजिष्ट्रेशनबाट उठेको छ । अघिल्लो वर्ष घरजग्गाको रजिष्ट्रेशनबाट ४१ करोड ३४ लाख रुपैयाँ राजस्व उठेको थियो ।

राष्ट्र बैंकले ८ वटा क्षेत्र बनाएर ५७ जिल्लामा आर्थिक गतिविधिको बारेमा अध्ययन गर्छ । जुन हरेक ६ महिनाको अधवीमा सार्वजनिक हुन्छ । काठमाडौं क्षेत्रमा काठमाडांै, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, धादिङ्ग, नुवाकोट, सिन्धुपाल्चोक, रसुवा र दोलखा जिल्ला पर्छन् ।

उता बिराटनगर क्षेत्रमा घरजग्गा रजिष्ट्रेशनको संख्या बढेपनि घर बनाउनेको संख्या घटेको छ । बिराटनगर क्षेत्रमा गतवर्षको ६ महिनामा ८३ हजार ६११ वटा घरजग्गा रजिष्ट्रेशन भएको छ । नक्सा पास गर्नेको संख्या भने अघिल्लो वर्षको तुलनामा गतवर्ष १२.२२ प्रतिशतले घटेको छ । गतवर्ष ६ महिनामा २ हजार ८२८ नक्सापास गरेर घर तथा भवन निर्माण बिराटनगर क्षेत्रमा भएको छ । घरजग्गा रजिष्ट्रेशनबाट उठ्ने राजस्व भने ४.२१ प्रतिशतले बढेर १० करोड २० लाखको उठेको छ ।

यस्तै जनकपुर क्षेत्रमा घरजग्गाको कारोबार ३३.८१ प्रतिशतले बढेको छ । गतवर्षको ६ महिनामा ५३ हजार ५७५ वटा घरजग्गाको रजिष्ट्रेशन भएको छ । घरजग्गाको रजिष्ट्रेशनको संख्या बढेपनि नक्सापास गरेर घर तथा भवन बनाउनेको संख्या भने १.६८ प्रतिशतले घटेर ११ सय ७० वटा नक्सा पास भएको छ । जनकपुर क्षेत्रबाट घरजग्गाको रजिष्ट्रेशन शुल्क ३० प्रतिशतले बढेर ४ करोड २१ लाखको उठेको छ ।

पोखरा क्षेत्रमा घरजग्गा रजिष्ट्रेशनको संख्या घटेपनि यसबाट उठ्ने राजस्व बढेको छ । स्थानीय तहले घरजग्गाको सरकारी मूल्यांकन तथा रजिष्ट्रेशन शुल्क बढाएको कारण यसबाट उठ्ने राजस्व बढेको हो ।

पोखरा क्षेत्रमा गतवर्षको ६ महिनामा १.०२ प्रतिशतले घरजग्गाको रजिष्ट्रेशन घटेर २१ हजार ९२३ वटा रजिष्ट्रेशन भएको छ । नक्सा पासको संख्या ३.५६ प्रतिशतले बढेर ३७ सय ५३ भएको छ । घरजग्गा रजिष्ट्रेशनको शुल्क २९.१९ प्रतिशतले बढेर ५ करोड ५६ लाख रुपैयाँको राजस्व उठेको छ ।

सिदार्थनगर क्षेत्रमा समेत घरजग्गा रजिष्ट्रेशनको संख्या १६.४७ प्रतिशतले घटेको छ । ६ महिनामा ४५ हजार १३८ वटा घरजग्गाको रजिष्ट्रेशन पास भएको छ । नक्सा पासको संख्या ९.४८ प्रतिशतले बढेर ६ हजार ३९५ भएको छ । घरजग्गा रजिष्ट्रेशनबाट उठ्ने राजस्व ९.१८ प्रतिशतले घटेर ६ करोड ३४ लाख रुपैयाँ उठेको छ ।

नेपालगन्ज क्षेत्रमा घरजग्गाको कारोबार बढेको छ । गतवर्ष ६ महिनामा अघिल्लो वर्षको तुलनामा १६.०३ प्रतिशतले घरजग्गाको रजिष्ट्रेशन बढेको छ । गतवर्ष ६ महिनामा नेपालगन्ज क्षेत्रमा ३८ हजार ४९९ वटा घरजग्गाको रजिष्ट्रेशन भएको छ । नक्सा पासको संख्या ४४.५१ प्रतिशतले बढेर १८२८ भएको छ । घरजग्गा रजिष्ट्रेशनबाट ३६.६० प्रतिशतले बढेर ६ करोड १७ लाख रुपैयाँ संकलन भएको छ ।

धनगढी क्षेत्रमा घरजग्गाको रजिष्ट्रेशन ६५.७० प्रतिशतले बढेको छ । सो क्षेत्रमा गतवर्ष १४ हजार ९१८ वटा रजिष्ट्रेशन भएको छ । नक्सापास गर्नेको संख्या ३४ प्रतिशतले बढेर ८४३ छ । घरजग्गा रजिष्ट्रेशनबाट उठे्ने राजस्व ३३ प्रतिशतले बढेर ३ करोड ९ लाखले उठेको छ । क्लिकमाण्डौंबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>