कालिका

चितवनमा नदीमा डुबेर चेपाङ बालकको ज्यान गयो

Banner

चितवन, साउन १०–

चितवनमा खोलामा डुबेर आज दिउँसो एक जना चेपाङ बालकको ज्यान गएको छ ।

पूर्वीचितवनको कालिका नगरपालिका–१० घर भई कालिका–९ मा डेरा गरी बस्ने विकास चेपाङका ६ वर्षीय छोरा सन्देश चेपाङको खोलामा डुबेर ज्यान गएको चितवन प्रहरीले जनाएको छ ।

आमासंग कयर खोलामा लुगा धुन गएको बेलामा नुहाउने क्रममा सन्देशलाई खोलाले बगाएको थियो । उनको कालिका–८ मा शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए । घटना बारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>