कालिका

रंगशालालाई सहयोग जुटाउन राप्ती र कालिकामा सहयोग समिति गठन

Banner

चितवन, साउन ९–

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि चितवनको राप्ती र कालिका नगरपालिकामा नगरस्तरीय सहयोग समिति आज (बिहीबार) गठन गरिएको छ ।

दुई नगरपालिकामा छुट्टाछुट्टै आयोजित सरोकारवालाको भेलाले नगरस्तरीय सहयोग समिति गठन गरेको हो । राप्ती नगरपालिकाका प्रमुख प्रभा बरालको संयोजकत्वमा १२१ सदस्यीय समिति गठन भएको छ । जसको उपसंयोजकमा उपमेयर इमानसिंह लामा, सदस्य सचिवमा राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार कँडेल रहेका छन् । कालिका नगरपालिकामा प्रमुख खुमनारायण श्रेष्ठको अध्यक्षतामा ८५ सदस्यीय नगरस्तरीय सहयोग समिति गठन गरिएको जिल्ला समन्वय समिति चितवनका प्रमुख डल्लाकोटीले जानकारी दिए ।

समितिको उपसंयोजकमा उपप्रमुख कमला भट्टराई र चितवन उद्योग संघ कालिका इकाई अध्यक्ष प्रकाशचन्द्र भट्टराई सदस्य सचिव रहने गरी समिति बनाईएको हो । जिल्ला समन्वय समिति चितवनका प्रमुख डल्लाकोटी, नेकपा जिल्ला अध्यक्ष यमबहादुर परियार, नेपाली काँग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठ, रंगशाला निर्माणको नेतृत्व गरेको धुर्मुस–सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानलगायतको उपस्थितीमा दुई नगरपालिकामा सहयोग समिति गठन गरिएको थियो ।

राप्ती नगरपालिकाको वीरेन्द्रनगरमा भएको भेलामा नेकपाका नेताहरु घनश्याम कँडेल, मानबहादुर स्याङ्वो, राप्तीका वडाध्यक्षहरु सुमिता डल्लाकोटी, मेनका पाठक, अम्मर तामाङ, अर्जुन चेपाङलगायतले आआफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

जिल्लाको रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र इच्छाकामना गाउँपालिकामा सहयोग समिति गठन गरिसकेको छ । भरतपुर महानगरपालिका र माडी नगरपालिकामा समिति बन्न बाँकी रहेको जिल्ला समन्वय समिति चितवनका प्रमुख समेत रहेका रंगशाला निर्माण सहयोग जिल्ला स्तरीय समितिका संयोजक कृष्णकुमार डल्लाकोटीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>