खैरहनी

मेयर चौधरीको संयोजकत्वमा खैरहनीमा रंगशाला निर्माण सहयोग समिति गठन

Banner

चितवन, साउन ८

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि खैरहनी नगरपालिकामा सहयोग समिति गठन गरिएको छ ।

आज बुधबार भएको सर्वपक्षीय बैठकले खैरहनीका मेयर लालमणि चौधरीको संयोजकत्वमा १०१ सदस्यीय सहयोग समिति गठन गरिएको हो । जसको उपसंयोजकमा नगरपालिका उपमेयर सुनिता थपलिया, सदस्य सचिवमा उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रप्रसाद सापकोटालाई चयन गरिएको छ । समितिमा नगरका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नेपाल कम्युनिस्ट पार्टीबाट पाँच जना, नेपाली कांग्रेसबाट पाँच जना, चेम्बर अफ कमर्स, चितवन उद्योग संघ, पत्रकारहरु, शिक्षण संस्था, सहकारी, कृषि, वन उपभोक्ता समूह, सामाजिक अभियन्तालगायत सदस्य रहेका छन् ।

रंगशालाको नेतृत्व गरेको धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, भरतपुर महानगरपालिका मेयर रेनु दाहाल, नेपाल कम्युनिस्ट पार्टीका जिल्ला नेता तेजेन्द्रबहादुर खड्का, नेपाली कांग्रेसका जिल्ला सभापति जीतनारायण श्रेष्ठ, उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठलगायत रंगशाला निर्माणका लागि गठित सचिवालय समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो ।

चितवनवासीलाई अपनत्व ग्रहण गराउने गरी जिल्लाका प्रत्येक स्थानीय तहमा सहयोग समिति गठनको काम भइरहेको रंगशाला निर्माण सहयोग समितिका संयोजक समेत रहेका जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले जानकारी दिए । बैठकमा खैरहनी २ का वडाध्यक्ष टिकादत्त इटनी, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ३ का सदस्य गुणराज श्रेष्ठ, नेकपाका नेताहरु जगन्नाथ आचार्य र रामेश्वर पोखरेल, नेपाली कांग्रेस नगर सभापति शशी खनियाँ, वुद्धिजीवी प्रेम रिमाललगायतले सहयोग जुटाउने प्रतिबद्धता जनाए । बुधबार खैरहनीसँगै रत्ननगरमा सहयोग समिति गठन गरिएको छ । मंगलबार इच्छाकामना गाउँपालिकामा गठन गरिएकोमा बिहीबार पूर्वीचितवनको कालिका र राप्ती नगरपालिकामा सहयोग समिति गठन गरिने डल्लाकोटीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>