कालिका

कालिकामा नेपाली कांग्रेसले एक हजार विरुवा रोप्यो

Banner

चितवन, साउन ५

नेपाली कांग्रेस चितवनले आज कालिका नगरपालिकामा वृक्षरोपण गरेको छ ।

नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा पदमपुर सामुदायिक वनको हाताभित्र भएको वृक्षरोपणमा विभिन्न प्रजातिका एक हजार विरुवा रोपिएको थियो । कालिका नगरपालिकाका सभापति राजु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस चितवनका सचिवहरु उत्तम जोशी, राजिव न्यौपाने, नेताहरु कमल आचार्य, कृष्णकुमार श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

यसैबीच नेपाली कांग्रेस चितवनले वीपी कोइरालाको ३७ औं स्मृति दिवसको अवसरमा भोलि वीपी शान्ति नगरवनमा वृक्षरोपण गर्दै छ । सभापति श्रेष्ठका अनुसार सो अवसरमा ५०० बढी विभिन्न प्रजातिका विरुवाहरु रोप्ने कार्यक्रम रहेको छ । वीपीको पूर्णकदको शालिक रहेको सो नगरवन संरक्षणमा जोड दिनका लागि कार्यक्रमको आयोजना गरिएको कांग्रेस चितवनका सचिव उत्तम जोशीले जानकारी दिए । भोलि बिहान ७ः३० बजे आयोजना गरिएको वृक्षरोपण कार्यक्रममा सबैलाई उपस्थितिका लागि समेत कांग्रेस चितवनले आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>