कालिका

शक्तिखोरमा झरनामा सरसफाई

Banner

चितवन, साउन ४–

सामाजिक कार्यमा सक्रिय संस्था ‘हाम्रो दृष्टि राम्रो दृष्टि’ ले नवौ साप्ताहिक घुम्ति सरसफाई अभियान चितवनको शक्तिखोरमास्थित झरनामा सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष बसन्त गैरेले सम्पदा र पर्यटकीय क्षेत्रहरुलाइ सफा, सुन्दर र थप लोभलाग्दो बनाउदै पर्यटन वर्ष २०२० लाई समेत सफल पार्नका लागि सचेतना मुलक कार्यक्रम सहित यो सरसफाई अभियान थालिएको बताए । उनले सोही अनुसार सबैको आँखामा पर्न सफल शक्तिखोरस्थित झरनामा सरसफाई गरिएको बताए।

यसअघि संस्थाले भरतपुरका हरेक चोक चोकमा आफ्नो सरसफाइ अभियान अघि बढाएको थियो । सो क्षेत्रमा सफलतापूर्वक सम्पन्न भएकोले सो अभियानलाई थप फराकिलो बनाउदै पर्यटकीय, एतिहासिक, साँस्कृतिक दृस्टिकोणले महत्त्वपूर्ण मानिएका स्थानहरुमा समेत विस्तार गरिएको संस्थाका सचिव रोहन बगाले बताए ।

‘हाम्रो दृस्टी राम्रो दृस्टी’ संस्थाले सरसफाईसंगै विभिन्न परोपकारी कार्यहरु पनि गर्दै आएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>