चितवन विशेष

समाजवादको यात्राले कान्छीमाया लामाको सपना पुरा हुन्छः नेता गजुरेल

Banner

चितवन,साउन २-

प्रदेश नम्वर ३ का भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाकी धर्मपत्नी स्वर्गिय कान्छीमाया लामाको १३ औं दिनको पुण्यतिथीमा श्रद्धान्जली सभाको आयोजना गरिएको छ । नेकपा चितवनको आयोजनामा भएको श्रद्धान्जली सभामा नेकपाका केन्द्रिय र जिल्ला स्तरका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेकपाका स्थायी कमिटी सदस्य तथा पुर्व कृषि मन्त्री हरिबोल गजुरेलले समाजवादको यात्राले मात्रै कान्छीमाया लामाको सपना पुरा हुने बताउनुभयो । सरकारले तय गरेको समाजवादको यात्रा नरोकिने बताउँदै उहाँले सबैको साथ र सहयोगबाट गन्तव्यमा पुगिने बताउनुभयो ।

‘पार्टी र सरकार समाजबादको यात्रामा छ,नेता गजुरेलले भन्नुभयो’,यो यात्राको कोही कतै अल्मलिनु हुँदैन् । दुई कम्युनिष्ट पार्टीको एकता भएपछि नेता कार्यकर्ताहरु उत्साहित भएको भन्दै उहाँले पार्टी एकढिक्का भएमात्र भविष्य सुनिश्चित भएको जिकिर गर्नुभयो ।
तत्कालिन माओवादी र एमाले भित्र चर्को गुटबन्दीले पार्टी विघठन तर्फ गइरहेका बेला नेतृत्वले दुइवटै पार्टीलाई संकटबाट जोगाएको नेता गजुरेलले बताउनुभयो ।

‘पार्टी एकिकरण पछि हामी ठूलो ठाउँमा आएका छौं,उहाँले भन्नुभयो’, कान्छीमायाकै सपना साकार पार्ने बाटोमै छौं ।’ नेता गजुरेलले समाजवाद ल्याउने कम्प्युनिष्ट व्यवस्थाको सपना रहेको भन्दै यसमा अविचलित नहुने तर्क गर्नुभयो । यात्रामा चुनौतीहरु धेरै रहेकाले नेतृत्वहरु थोरै दायाँबायाँ गरेको उहाँले प्रष्ट पार्नुभयो ।

समाजवादको यात्रालाई असफल बनाउन विरोधीहरु चौतर्फी घेरा हालेर बसेकाले नेतृत्वमा बसेकाहरुको बाध्यतालाई नेता कार्यकर्ताहरुले बुझ्नुपर्ने उहाँको धारणा छ । ‘नेतृत्वले परिवर्तनका लागि दायाँ बायाँ नगरेको भए कम्युनिष्टहरु यो स्थानमा आउन सक्ने थिएनन्,अवस्था फरक भैसक्थ्यो’ उहाँले भन्नुभयो ।

उहाँले मन्त्री लामालाई राजनितीमा सफल बनाउन स्वर्गिय कान्छीमाया लामाको भूमिका महत्वपूर्ण भएको बताउनुभयो । आफू क्यान्सरसंग लड्दै भारतमा उपचार गर्दागर्दैपनि मन्त्री लामालाई नेपालमै बसेर जनताको काम गर्न आग्रह गर्नु कान्छीमायाको महानता भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रदेश नम्वर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कान्छी मायाको निधनले सिंगो सरकारलाई आघात पुगेको बताउनुभयो । जन्मिएपछि मृत्यु निश्चित रहेपनि कतिपय मृत्यु अस्वभाविक हुने भन्दै उहाँले पार्टीका नेता कार्यकर्तादेखि प्रदेश सरकारलाई समेत दुःखीत बनाएको बताउनुभयो ।

श्रद्धान्जली सभामा प्रदेश नम्वर ३ का भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा निकै भावुक हुनुभएको थियो । स्वर्गीय धर्मपत्नीको जिवनी सुनाउन कार्यक्रम संचालन नेपाल कम्युनिष्ट पार्टी चितवनका नेता तेजेन्द्र बहादुर खड्काले आग्रह गरेपछि माइक समात्नुभएका मन्त्री लामाका आँखामा आँसु रोकिएनन् । उहाँ रुदाँ श्रद्धाञ्जली दिन पुगेका नेता कार्यकर्ताहरुको पनि आँखा पनि रसाएका थिए । कार्यक्रम नेकपा चितवनका अध्यक्ष यम वहादुर परियारको अध्यक्षतामा भएको थियो । कलेजोको क्यान्सरबाट पीडित कान्छीमायाको ५८ वर्षको उमेरमा असार २१ गते विहान हेटौडामा निधन भएको थियो । लामाको बौद्ध परम्परा अनुसार चितवनको राप्ती ४ स्थित भवानीपुर गुम्बामा अन्त्येष्टि गरिएको थियो ।

श्रद्धान्जली सभामा प्रदेश नम्वर ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मरकट्टेल,आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङगेल,सामाजिक विकास मन्त्री युवराज दुलाल,नेकपाका केन्द्रिय सदस्य केदार न्यौपाने, कृष्ण खनाल,प्रदेस सांसद घनश्याम दाहाल,विजय सुवेदी,कृष्ण भुर्तेल,कन्चन खनाल,प्रदेश नम्वर ३ को नीति तथा योजना आयोगका सदस्य श्याम बस्नेत लगाएतको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>