चितवन विशेष

मुख्यमन्त्रीद्धारा गणेशधामको निरिक्षण,प्रदेशबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता

Banner

चितवन,साउन १-

प्रदेश नम्वर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भरतपुर ११ मा निर्माणाधिन गणेशधामको स्थलगत निरिक्षण गरेका छन् । बुधबार उनले गणेशधामको मन्दिर क्षेत्र र तलाउ क्षेत्रको निरिक्षण गरेका हुन् ।

प्रदेश सरकारबाट विनियोजित ८० लाखको ड्याम र पर्खालको निर्माण सोचेभन्दा राम्रो भएको उनले बताए । पहिलो पटक आउँदा नै म यस ठाँउबाट प्रभावित भएको थिएँ,मुख्यमन्त्री पौडेलले भने,त्यो समयमा नै केही गर्न सकिन्छ भन्ने मलाई लागेको थियो । उहाले देशमा प्रशस्त सम्पदाहरु भएपनि संरक्षण गर्न नसकिएको बताए । उनले पहिलो बर्षमा थोरै बजेटबाट पनि राम्रो काम भएको भन्दै यसबर्ष पनि प्रदेश सरकारले राम्रै सहयोग गर्ने बताए ।

उनले देवघाट र सौराहासंग जोडेर गणेशधामलाई वृहत्तर धामको रुपमा विकास गर्नुपर्नेमा जोड दिए । गणेशधाममा भएको प्रगतिबारे प्रदेश सांसद विजय सुवेदीले मुख्यमन्त्री पौडेललाई जानकारी गराउनुभएको थियो । सो अवसरमा वडा नम्वर ११ का वडाध्यक्ष बाबुराम अधिकारी,गणेशधाम क्षेत्र संरक्षण संबद्र्धन समितिका अध्यक्ष दिनेश कुमार चुके लगाएतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>