चितवन विशेष

चितवनमा नमुना स्कूलको संख्या चार पुग्यो,भण्डारा मावि पनि नमुना स्कूल

Banner

चितवन, साउन १-

शिक्षा मन्त्रालयअन्र्तगतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सार्वजानिक गरेको देशकै १०० नमुना विद्यालयमा चितवनको भण्डारा मावि हर्दी पर्न सफल भएको छ ।

भण्डारा मावि उत्कृष्ट १०० वटा नमुना मावि अन्र्तगत परेसँगै चितवन जिल्लामा नमुना माविको संख्या चार पुगेको छ । यसअघि भरतपुर महानगरपालिका–१० मा रहेको नारायणी मावि , भरतपुर १६ को दुर्गाशेषकान्त मावि र रत्ननगरको नेपाल मावि नमुना माविको रुपमा परिसकेका थिए । शिक्षा तथा मानव विकास केन्द्रले विभिन्न सात वटा मुख्य मापदण्डको आधारमा नेपालभरका मावि विद्यालयलाई नमुना माविको रुपमा छनोट गर्ने गर्दछ । जसमा विद्यालयकौ जमिनको प्रर्याप्तताका आधारमा बढीमा २० अंक प्रदान गर्दछ । यस शीर्षकमा दुई बिघा भन्दा बढी जमिन भएका विद्यालयलाई मूल्याङ्कन गर्ने गरिन्छ ।

यस्तै कक्षा ११ र १२ कक्षा सञ्चालन भएका र त्यसमा पनि विज्ञान विषय अध्यापन गराउने विद्यालयलाई बढी अंक प्रदान गर्ने गर्दछ । यसको अंकभार पनि बढीमा २० रहेको छ । यस्तै एसईईको नतिजामा १५, शिक्षक विद्यार्थी अनुपातमा १५, विद्यालयको अवस्थितिमा १५ , स्थानीय समुदायमा विद्युत् र इन्टरनेटको पुहँचमा १० र अन्य विद्यालयहरु मर्ज गरेमा ५ अंक सहित विद्यालयहरुको १०० नम्बरको आधारमा मूल्याङ्कन गर्ने चितवन जिल्लाको शिक्षा तथा समन्वय इकाइका प्रमुख भुमिलाल सुवेदीले जानकारी दिए ।

नमुना माविमा परेका विद्यालयले एक करोड ५० लाख अनुदान पाउने ब्यवस्था समेत रहेको छ । गत आर्थिक वर्षमा चितवनका तीन नमुना विद्यालयले साढे एक करोड प्राप्त गरेका थिए । यस्तै शिक्षा तथा समन्वय इकाई चितवनले प्रदेशअन्र्तगत पनि नमुना मावि बनाउन १७ विद्यालयको सिफारिस गरेको छ । सिफारिस हुने विद्यालयहरुको भरतपुरबाट ७ वटा, राप्तीबाट ३, माडीबाट ३ वटा , रत्ननगरबाट १, कालिकाबाट १ र ईच्छाकामनाबाट २ विद्यालय परेका छन् । प्रदेश सरकारले भने अहिलेसम्म नमुना विद्यालय छनोट गरेको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>