देश/प्रदेश

२ लाख रुपैयाँसहित बानेश्वरबाट ८ जुवाडे पक्राउ

Banner

काठमाडौं ,असार १९-

नेपाल प्रहरीले काठमाडौंको बानेश्वरबाट नगदसहित ८ जुवाडे पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–३१ स्थित जयराम ठकुरीको घरबाट नगद १ लाख उनान्सय हजार ५ सयसहित ८ जुवाडेलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त, बानेश्वरबाट खटिएको टोलीले नगदसहित ८ जुवाडे नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

बोगटीका अनुसार पक्राउ परेका ८ जनालाई अहिले बानेश्वर वृत्तमा राखेर अनुसन्धान भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>