लुम्बिनी
बुटवलमा टिप्परको ठक्करबाट मजदुरको मृत्यु
०

बुटवल, असार १५-
रुपन्देहीको सैनामैनामा टिप्परको ठक्करबाट एक मजदुरको ज्यान गएको छ ।
सैनामैना नगरपालिका १० कटानीचोकमा दक्षिणबाट उत्तरतर्फ जांदै गरेको ना ८ ख ३४०९ नम्बरको टिप्परले ठक्कर दिँदा नाम ठेगाना नखुलेका अन्दाजी ४० वर्षका मजदुरको ज्यान गएको हो । सडक छेउमा बन्दै गरेको घर निर्माणको काम गर्दै गरेका मजदुरलाई टिप्परले ठक्कर दिँदा गम्भीर घाइते भएकामा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा साँझ ५ बजेतिर ज्यान गएको इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीले जनाएको छ । ठक्कर दिने टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























