चितवन विशेष
नेकपा चितवनले पायो पूर्णता, यी हुन् जिल्ला कमिटीका सदस्यहरु (नामावलीसहित )

चितवन, असार ९-
नेपाल कम्युनिस्ट पार्टी जिल्ला कमिटी चितवनले आज पूर्णता पाएको छ । तत्कालिन नेकपा एमालेबाट ८० र तत्कालिन माओवादी केन्द्रबाट ७५ जना समावेश हुनेगरी जिल्ला कमिटी गठन गरिएको हो । नेकपा प्रदेश कमिटीले जिल्ला कार्यसमितिमा छनोट भएका १५५ जनाको नामावलीबारे परिपत्र गर्दे जिल्ला कार्यसमितिका सदस्यहरुको सूची पठाएपछि आज सपथग्रहण गराइएको छ ।
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरको क्यान्सर अस्पतालको सभाहलमा आयोजित कार्यक्रम मार्फत जिल्ला कार्यसमितिका सदस्यहरुलाई सपथग्रहण गराउनुभएको हो ।
यसअघिनै पार्टीले जिल्ला कमिटीको अध्यक्षमा तत्कालिन माओवादी केन्द्रका नेता यमबहादुर परियार र सचिवमा तत्कालिन एमालेका नेता कृष्णभक्त पोखरेललाई चयन गरेको थियो । पार्टीको आन्तरिक विवादका कारण जिल्ला कमिटीको टुंगो लगाउन ढिलाइ भएको हो । (सम्पूर्ण नामावली )