चितवन विशेष

प्रचण्ड भन्छन्ः निकुञ्जमा आकासे पुलका लागि अन्तर्राष्ट्रियस्तरमा छलफल भइरहेको छ

Banner

चितवन,असार ९-

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निकुन्ज ऐन संसोधन हुनुपर्ने बताउनुभएको छ । माडी नगरपालिकाको तेस्रो नगरसभालाई आज सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले निकुन्ज ऐन जनता मैत्री नभएको भन्दै संसोधन हुनुपर्ने बताउनुभयो ।

‘माडीबासीका लागि राष्ट्रिय निकुन्ज सम्बन्धी समस्या सम्बोधन गर्नु पहिलो आवश्यकता हो,उहाँले भन्नुभयो’, विगतका ऐन कानुनका कारण नै माडीका जनताले दुःख पाएका छन् ।’ उहाँले ऐन संसोधनका लागि सम्बन्धित मन्त्रालय र सरकारसंग कुरा गरेको भन्दै छिट्टै ऐन संसोधन हुने प्रतिबद्धता जनाउनुभयो ।

‘लामो कसरतपछि निकुन्जमा केही सहजता र पूर्वाधार बिकासको जटिलता त फुकेको छ, प्रचण्डले भन्नुभयो’, ऐन पूर्ण भएको छैन् अझै संसोधन आवश्यक छ ।’ नयाँ ऐन राष्ट्रिय निकुन्जको भूमिका स्थापित गर्ने र माडीका जनताको समस्या समाधान गर्नेखालको हुनुपर्ने उहाँको धारणा छ ।

अध्यक्ष प्रचण्डले निकुन्जमा तत्काल आकाशे पुल र अण्डरग्राउण्ड बाटो सम्भव नभएपनि कालोपत्रेका लागि पहल भइरहेको बताउनुभयो । उहाँले कालोपत्रेका लागि सहमती भएपनि अदालतले रोकेको भन्दै अदालतसंग पनि कुरा गरेर समाधान खोजिने बताउनुभयो । २४ सै घण्टा निकुन्जको बाटो खुल्ला गराउन आफूले पहल गरिरहेको उहाँले जानकारी दिनुभयो । माडीमा अन्य क्षेत्रको भन्दा धेरै सम्भावना र जटिलता पनि उत्तिकै रहेको प्रचण्डको भनाई छ ।

अध्यक्ष प्रचण्डले पुराना ऐन कानुन, संरचना, काम गर्ने तरिका परिवर्तन नगरी जनतालाई परिवर्तनको आभास दिलाउन सकिदैन भन्नुभयो । ‘नयाँ राज्य ब्यवस्थामा केही असहज महसुश भएको जस्तो देखिन्छ, उहाँले भन्नुभयो, यो हाम्रो मात्र होइन ठूला परिवर्तन पछि विश्वका अन्य देशमा पनि यस्तै समस्या हुने गरेको थियो ।’ उहाँले सरकारले धेरै अत्यावश्यक ऐन कानुन निर्माण गरिसकेकोेले अझै थुप्रै ऐन कानुन बनाउन र संसोधन गर्न आवश्यक रहेको बताउनुभयो ।

प्रचण्डले देशमा मात्रात्मक नभई गुणात्मक परिवर्तन भएको बताउनुभयो । ‘यस अघिका परिवर्तन राजतन्त्रको आडमा भएको थियो,यो परिवर्तन जनताको बलमा भएको हो ।’ उहाँले भन्नुभयो ।

उहाँले माडी नगरपालिकाले उत्कृष्ट नीति तथा कार्यक्रम ल्याएको भन्दै ठिक ढङगले कार्यान्वयन गर्न र जनतालाई परिचालन गर्न सुझाव दिनुभयो । नगरपालिकामा सुरु भएको सामूहिक खेतीको प्रदेश नम्बर ३ मा मात्र नभई संघमा पनि चर्चा भइरहेको उहाँले बताउनुभयो । उहाँले कृषिमा सामूहिक खेती गरेर नमूना प्रस्तुत गर्न खोजिएको भन्दै त्यसलाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । माडीमा अव्यवस्थित बसोबास व्यवस्थापन, बाढी नियन्त्रण, बाँदरमुडेमा पार्क निर्माण र पर्यटकिय क्षेत्रको विकासका लागि पनि काम भइरहेको अध्यक्ष प्रचण्डले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>